काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंक घटेर २६७४.४८ विन्दुमा झरेको छ।

आज १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३५३ स्टकको ७२ हजार ८५४ पटकको कारोबारमा चार अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

आँखु खोला जलविद्युत कम्पनीको ३४ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको करिब १९ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको बुंगल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ।

ADVERTISEMENT