काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्सें) परिसूचन झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.४० अंक बढेसँगै २७०६ मा कायम भएको छ ।
आज दुई करोड ७१ लाख ३२ हजार सेयर किनबेच हुँदा नौ अर्ब ५० करोडको भयो । ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।
दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढेको छ । फाइनान्स २.४९ प्रतिशत बढ्यो । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढेका छन् ।
यस्तै, विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।








