काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य बढेको छ । बजार खुलेसँगै घट्न थालेको नेप्से अन्तिम समयमा झिनो वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.०१ अंकले बढेर ३९३६.५६ विन्दुमा उक्लिएको छ । अघिल्लो आइतबार दिन कारोबार र नेप्से परिसूचकमा उच्च वृद्धि भए पनि आज भने कारोबार रकम साढे आठ अर्बले कमी आएको छ ।
सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको र १५४ कम्पनीको मूल्य घटेको छ । तीन करोड ८० लाख कित्ता किनबेच हुँदा आज १५ अर्ब ७६ करोडबराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै कुमारी बैंकको ६७ करोड बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड, नेसन हाइड्रोपावर कम्पनीको ५७ करोड, एनआरएन इन्फ्रास्टक्चरको करिब ५५ करोड, न्यादी ग्रुपको पनि ५४ करोडमाथिको कारोबार भएको छ ।
आज चारवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । जसमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर कम्पनी छन् । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटेल फोरेस्ट इनको नौ प्रतिशतभन्दा बढी सेयर मूल्य बढेको छ ।








