काठमाडौं । प्रभु बैंकले पौने तीन लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक समूहको दुई लाख ७८ हजार २०६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ। सेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न बैंकले आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र संस्थापक सेयर बिक्री नभए अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ। पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले धमाधम संस्थापक सेयर बिक्री गरिरहेका छन् ।








