काठमाडौँ । आज जंगी अड्डामा प्रधानसेनापति र जेन जीबीच महत्वपूर्ण छलफल भएको छ। छलफलको क्रममा जेन जीको तर्फबाट विभिन्न मतभेदहरु प्रस्तुत भएका थिए। तर, प्रधानसेनापतिले एउटै साझा सहमतिमा पुग्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसपछि मात्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरिने स्पष्ट पार्नुभयो।
यसैबीच, जेन जीको बैठकबाट पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीको लागि प्रस्ताव अघि बढाइएको छ। अब यो विषयमा सहमति जुटेपछि राष्ट्रपतिसमक्ष औपचारिक रुपमा पेश गरिने बताइएको छ।









