काठमाडौ ।  तपाईको घर नजिक उछृङखल तत्वबाट लुटपाट तथा आगजनी भए हटनलाईन नम्बरमा सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
एरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर जानकारी दिन सकिने हो । यस्तै ०१५९७९२२४ नम्बरमा कल गरेर जानकारी गराउन सकिने छ ।
रातीदेखि देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ ।

गएराती विभिन्न ठाउँमा लुटपाट भएको थियो ।