काठमाडौं — सरकारले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनासहित निजामती कर्मचारी, नेपाल प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले नेपाली सेनाका सबै दर्जाका सैनिकको संशोधित तलब र सुविधा निर्धारण गरेको हो। नयाँ तलबमानअनुसार प्रधान सेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ।

ADVERTISEMENT

यसअघि सुरुवाती तलब ८४ हजार ९३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थपिएपछि उक्त रकम पुगेको हो। रथीको तलब ८७ हजार ८५ रुपैयाँ तथा उपरथीको ८४ हजार ५७६ रुपैयाँ निर्धारण गरिएको छ।

ADVERTISEMENT

अन्य अधिकृतहरूमा सहायक रथीको तलब ७८ हजार २२० रुपैयाँ, महासेनानीको ७२ हजार ८७६ रुपैयाँ, प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ, सेनानीको ६७ हजार ९०७ रुपैयाँ, सह–सेनानीको ६२ हजार ३१५ रुपैयाँ, उप–सेनानीको ५९ हजार ५३७ रुपैयाँ र सहायक सेनानीको ४८ हजार ५८ रुपैयाँ कायम गरिएको छ।

जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारको तलब ४९ हजार ६०७ रुपैयाँ, सुवेदारको ४७ हजार ११४ रुपैयाँ र जमदारको ४३ हजार ३७२ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, हुद्दा, अमलदार, प्यूठ र सिपाहीको तलब पनि बढाइएको छ।

ADVERTISEMENT

नयाँ व्यवस्थाअनुसार सिपाहीको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ पुगेको छ भने रिक्रुटको तलब २७ हजार १७२ रुपैयाँ कायम गरिएको छ।सरकारले संशोधित तलबमानसँगै ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने निर्णय गरेको छ।

123