काठमाडौं,   हिजो साझ काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमा आफ्नो बोल्न दे सरकार गीतको  भिडियो पोस्ट गरेपछि आज ‘जेन्–जी’ पुस्ताले काठमाडौंमा सडकमा उत्रिएर “बोल्न दे सरकार” लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

युवाहरू माइतीघर मण्डला र आसपासका सडकमा भेला भई सरकारको पारदर्शिता, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको सवाल उठाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले “हामीले बोल्न पाउनु हाम्रो अधिकार हो”, “सामाजिक सञ्जालमा हाम्रो आवाज दबाउन पाइँदैन” जस्ता नारासहित प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले भने सरकारलाई आफ्ना विचार व्यक्त गर्न र जनताको माग सुन्न खुला वातावरण बनाउन दबाब दिन लागेको बताएका छन्। उनीहरूले आगामी दिनमा अझ व्यापक आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

सुरक्षाकर्मीले प्रदर्शनलाई शान्तिपूर्ण राख्न प्रयास गरेका छन्। हालसम्म कुनै हिंसात्मक घटना भएन। तर माइतीघर क्षेत्रमा सडक र यातायात प्रभावित भएको छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध आक्रोशित युवा समूह संसद भवनतर्फ अघि बढ्दा स्थिति तनावपूर्ण बनेको छ।