काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफूले अघि सारेका विषय तथा पछिल्लो परिस्थितिबारे धैर्य गर्न आग्रह गर्दै सही समय आउन केही समय लाग्ने बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले तत्काल परिणाम नदेखिए पनि त्यसको अर्थ गलत बाटोमा गएको नहुने संकेत गरेका छन्। उनले ढिला भए पनि गलत नहुने भन्दै सबैलाई नआत्तिन आग्रह गरेका छन्।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ शाहले लेखेका छन्। उनले बाहिरबाट सुनेको वा देखेको आधारमा मात्रै परिस्थितिको निष्कर्ष निकाल्न नहुने पनि बताएका छन्। उनका अनुसार वास्तविकता कहिलेकाहीँ बाहिर देखिएको वा सुनिएकोभन्दा फरक हुन सक्छ।

ADVERTISEMENT

‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ उनले भनेका छन्। प्रधानमन्त्री शाहले आफ्नो यात्रामा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेका छन्। यस्तो अवस्था आफ्ना लागि नयाँ नभएको संकेत गर्दै उनले ‘यो पहिलो चोटि होइन’ भनेका छन्।

ADVERTISEMENT