काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका संगठित सदस्य संख्या ६ लाख ६२ हजार नाघेको छ ।

महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन अनुसार नवीकरण भएका संगठित सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् ।

यो संगठित पार्टी सदस्य संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

पोखरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार पार्टीभित्र ६४ हजार ७ सय ६ कमिटी छन् । कतिपय जन संगठनहरूको संख्या यकिन तथ्यांक अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य पोखरेलले पेस गरेका छन् ।