काठमाडौं । भदौ २० देखि २२ गतेसम्म हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदैछ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी करिब पूरा भएको पार्टीले जनाएको छ ।

ADVERTISEMENT

महाधिवेशनमा दुई हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् ।

ADVERTISEMENT