काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मै भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार एक दिन पनि टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा सीमित भएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२३ वटा स्क्रिप्टको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक १.९६ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.४० प्रतिशत, विकास बैंक ०.३७, फाइनान्स ०.८१, होटल ०.७६, हाईड्रो ०.९८, लगानी ०.७१, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.७९, लघुवित्त ०.८५, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.६२ र अन्य समूह ०.२४ प्रतिशतले घट्यो ।
मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ७० लाख बढीको कारोबार भयो । हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख, युनियन हाइड्रोको १४ करोड ६९ लाख, दोर्दीखोला जलविद्युतको १४ करोड ४१ लाख र हिमालयन डिष्ट्रिलरीको १४ करोड २६ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिमस्टार ऊर्जा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । युनियन हाईड्रोपावरको सेयरमूल्य ३.६० प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्य २.०९ प्रतिशतले घट्यो ।





