काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT

कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २२२ वटाको घट्यो। आज ३२३ स्क्रिप्सको एक करोड ६ लाख १९ हजार १८० कित्ता सेयर चार अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँमा कारोबार भयो।

युनिनय हाइड्रोपावर कम्पनीले सर्वाधिक २७ करोड मूल्यको कारोबार गरेको छ । नेपाल रिइन्स्योरेन्सको २३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, राधी विद्युत र शिवम् सिमेन्टलको २१–२१ करोड बराबरको सेयर कारोबार भयो।

ADVERTISEMENT

धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माविलुङ्ग इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा सागर डिस्टिलरीको ९.९८ प्रतिशत र रुरु जलविद्युत परियोजनाको ९.९३ प्रतिशतले बढ्यो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।