काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन बढेको छ। बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७ अंकमा कायम भएको छ। अघिल्लो दिन पनि नेप्से १५.३९ अंकले बढेको थियो।

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

आज १७० कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।

ADVERTISEMENT

समूहगत सूचकतर्फ विकास बैंक समूह सबैभन्दा धेरै ०.९९ प्रतिशत बढेको छ। जलविद्युत् समूह ०.८८, व्यापार ०.५०, जीवन बीमा ०.५१, लगानी ०.४०, बैंकिङ ०.२४, अन्य ०.१२, निर्जीवन बीमा ०.१० र फाइनान्स समूह ०.०७ प्रतिशत बढेका छन्।

यता उत्पादन तथा प्रशोधन समूह ०.३६, माइक्रोफाइनान्स ०.०९ र होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत घटेका छन्।

बुधबार मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढेको छ। हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९ र छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढेको छ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३० प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ र कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन्।