काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २६६५.६० बिन्दुले बढेर बन्द भएको छ ।
बुधबार ३ सय २२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८ सय ३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँ बराबर कारोबार भएको छ ।
बुधबार एनआरएन इनफ्राष्ट्रक्चर डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६२ करोड ४३ लाख बढी संकलन हुँदा सेयर मूल्य प्रतिकित्ता १ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ ।
बुधबार १ सय ४२ कमपनीको सेयर मूल्य बढ्दा १ सय ४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बुधबार ४ कम्पनीको सेयर मूलयमा सकारत्मकसर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य भने ३.९४ प्रतिशतले घट्को छ ।








