काठमाडौँ। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्य तोलमा रु चार सयले बढेको छ भने चाँदी रु १० रुपैयाले बढेको छ ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९९ हजार ४०० निर्धारण भएको छ भने  एक तोला परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ ।     

हिजो बुधबार एक तोला सुन रु एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजार ३४५मा खरिद बिक्रि भएको थियो ।