काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट करिब तीन किलो चाँदीसहित एक जना पक्राउ परेका छन्।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रीवाहक बस जाँच गर्ने क्रममा शङ्का लागेपछि प्रहरीले पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गरेको थियो। जाँचका क्रममा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेको नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ।

ADVERTISEMENT

बरामद गरिएको चाँदीको मूल्य करिब १२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिलाई चाँदीसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पेस गरिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADVERTISEMENT