काठमाडौं । कांग्रेसले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति छनोट गर्ने भएको छ ।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो। त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए। त्यसपछि सो पद रिक्त छ ।

ADVERTISEMENT

समितिले बुधबारका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । कांग्रेसले खतिवडाको विकल्पमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका सांसद दिलेन्द्र बडू, हृदयराम थानी र अम्बिका बस्नेतमध्ये एकजनालाई सभापति बनाउने भएको छ ।

ADVERTISEMENT

मंगलबार दिउँसो १ बजे मनोनयन कार्यक्रम रहेकाले त्यसअघि उम्मेदवार छनोट गर्न कांग्रेस सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार उक्त बैठकबाटै कसलाई सभापति बनाउने भन्ने नाम टुंगो लाग्नेछ। अहिलेसम्म छलफल मात्रै भएको छ, तर कसैको विषयमा पनि टुंगो लागेको अवस्था छैन।

ADVERTISEMENT

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का निवर्तमान सभापति खतिवडालाई नै दोहोर्‍याउने पक्षमा छन्। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरूले खतिवडालाई दोहोर्‍याउँदा सन्देश राम्रो नजाने भन्दै विकल्पमा जानुपर्ने सुझाव दिइरहेका छन्।