काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो।

ADVERTISEMENT

बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने निरन्तर प्रयासको सम्मानस्वरूप यी अवार्ड प्राप्त भएका हुन्। बैंकले डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश र विदेशमा सहज, छिटो र सुरक्षित वित्तीय कारोबारको सुविधा दिँदै आएको जनाएको छ।

ADVERTISEMENT

प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभव सुधार गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गर्दै एनएमबी बैंकले ग्राहकको विश्वास र साथले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको जनाएको छ। यस सम्मानले आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बैंकको भनाइ छ।

एनएमबी बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।