काठमाडौँ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार हाल हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

ADVERTISEMENT

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

ADVERTISEMENT

त्यस्तै, बुधबार हिमाली क्षेत्रका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।