काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका क्रममा सोमबार दिएको नेपाल भ्रमणको निम्तो मोदीले स्वीकारेका हुन् । मोदीको नेपाल भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने नेपाल र भारतले सोमबार जारी गरको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
“नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “साथै उहाँलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभयो । भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो र भ्रमणको आधिकारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ ।”
प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा गएका थिए । भ्रमण सम्पन्न गरी उनी सोमबार साँझ स्वदेश फर्केका छन् ।












