काठमाडौं । भारतले नेपालमा बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता प्याकेज घोषणा गरेको छ ।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विकास सहायता प्याकेज घोषणा गरेका हुन् ।

ADVERTISEMENT

मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको पुनर्स्थापना र दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्याकेज अघि सारिएको बताए ।

ADVERTISEMENT

घोषित सहायता रकममा अनुदान र ऋणको हिस्सा कति रहने भन्ने विषय भने स्पष्ट पारिएको छैन ।

दुई देशका प्रधानमन्त्रीबीचको उच्चस्तरीय वार्तापछि मोदीले आर्थिक सहयोगको घोषणा गरेका हुन् । घोषित रकमको वित्तीय स्वरूप तथा अनुदान र ऋणको बाँडफाँटसम्बन्धी विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।