काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
भ्रमण सकेर उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् ।












