याँ दिल्ली । भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा भएको भेटवार्ता सकिएको हो। प्रधानमन्त्री शाहसँग भेट गर्न विदेशमन्त्री जयशंकर आइतबार साँझ होटल पुगेका थिए।
भेटलगत्तै प्रधानमन्त्री शाह साँझ ७ बजे आयोजना हुने नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा सहभागी हुनेछन्। आइतबारका लागि उनको अन्य औपचारिक कार्यक्रम भने तय भएको छैन।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी तथा पत्रकार गरी ३४ जना सहभागी छन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।












