काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–४ मा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ब्राण्डका तीन हजारबढी सिलिन्डर नष्ट गरेको छ ।

म्याद गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार ३० वटा सिलिन्डर आइतबार नष्ट गरिएको हो ।

ADVERTISEMENT

नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, स्थानिय जनप्रतिनिधी, उपभोक्ता अधिकारकर्मीसहितको रोहोबरमा आइताबर सिलिन्डर नष्ट गरिएको हो । उद्योग प्रालिका संचालक सावरमल अग्रवालले बजारमा राम्रो र दुरुस्त एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने उद्देश्यले नष्ट गरिएको जानकारी दिए ।

‘आयल निगमको निर्देशन र गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै हाइड्रोलिक परीक्षणमा फेल सिलिन्डर नष्ट गरेका छौ,’ अग्रवालले भने, ‘‘पुरानो सिलिन्डर नष्ट गर्नुको उदेश्य ग्राहकलाई गुणस्तरीय सिलिन्डर उपलब्ध गराउनु हो ।’’ दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योगको बजारमा साढे ४ लाख सिलिन्डर रहेको जनाएको छ ।

ADVERTISEMENT

बजारमा रहेका ती सिलिन्डर रिफिलिङको क्रममा परिक्षण गरिने उनले जानकारी दिए । ‘‘हामीले हरेक पटक परिक्षण गछौं, परिक्षणको क्रममा केही समस्या देखिए छुट्टै राख्छौ, र नष्ट गर्छौ,’’ अग्रवालले भने, ‘‘बार्षिक करिब ३ देखि ५ सय सिलिन्डर नष्ट गर्छौ । यसपटक बाढीका कारण धेरै सिलिन्डर बिग्रेर धेरै नष्ट गरेका छौ ।’’