काठमाडौं । नेपाल आयल निगमले बबरमलमा अत्याधुुनिक प्रविधि सहितको नयाँ भवन तयार गरेको छ ।
सिहदरबार नजिक केन्द्रीय कार्यलय रहेको पाँच रोपनी ३ आना २ पैसा जग्गामा १२ तला भएको नयाँ भवन तयार भएको हो । २०७२ सालको भुुकम्पले चर्काएको भवन भत्काएर नयाँ संरचना तयार पारिएको हो ।
यस अघि रहेका पुुराना तीन वटा भवन भत्काएर १२ तलाको उच्च आधुनिक प्रविधि सहितको भवन निर्माण गरेको निगमले जनाएको छ । नयाँ कर्पाेरेट प्रशासनिक भवनमा भूमिगत दुुई तला सहित र जमिनमाथि १० तला रहेका छन ।
निगमका उपनिर्देशक एंव आयोजना प्रमुुख राम बन्जराले भवन निर्माणको काम सकिएको जानकारी दिनुुभयो । निर्माणको काम सकिसकेको र रङ्गरोगन गर्नमात्र बाँकी रहेकाले साउन महिनाभित्रमा सरिसक्ने उहाँले जानकारी दिनुुभयो । इन्जिनियरिङ्ग र सुुचना प्रविध विभाग भने नयाँ भवनमा सरिसकेका छन । भवनको लागत मूल्य अभिवृद्धि कर (भ्याट बाहेक) ८० करोड ९९ लाख रुपियाँ रहेको उहाँले जानकारी दिनुुभयो । आधुुुनिक प्रविधि सहितको भवन नयाँ डिजाइले निर्माण गरिएको छ । हाल निगमको केन्द्रीय कार्यलय टेकुुमा रहेको छ ।
यस्ता छन सुुविधाहरु
भवनमा फायर फाइटिङ सिस्टमको व्यवस्था, दुुई वटा लिफ्टको व्यवस्था र भुइतला दुुई तलामा ६० गाडि अट्ने र ७० वटा दुई पाङ्ग्रे सवारी अट्ने पार्किङ्गको सुविधा रहेको छ । साथै सेमिनार हल, भिजिटर कक्षको समेत व्यवस्था गरिएको छ । यसबाहेक निगमले कर्मचारीका बालबालिकाका लागि छुट्टै ‘डे केयर सेन्टर’ भवन पनि निर्माण गरेको छ, जसमा भान्सा, शौचालय र ठुलो हलको व्यवस्था छ ।
नयाँ भवनमा निगमका ७ वटा विभाग, आपूर्ति तथा वितरण विभाग, वित्त विभाग, प्रशासनिक विभाग, एमडि कार्यलय तथा प्रशासनिक विभाग, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग, गुणस्तर नियन्त्रण विभाग, आन्तरिक नियन्त्रण विभाग, तथ्याङ्क संकलन केन्द्र, एलपीजी उड्डयन विभाग, पुस्तकालय डीएमडी मार्केटिङ रहनेछन् ।
यसैगरी डेटा सेन्टर,पुस्तकालय, एक सय जनाभन्दा बढी अट्ने सेमिनार हल र स्टोर रहेका छन् । भवनको डिजाइन एनट आर्किटेक्चरल एन्ड आर्किटेक्ट प्रालिले र निर्माणको काम केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो ।
नयाँ डिजाइनको भवनमा आपत्कालीन अवस्थाका लागि छुट्टै भ¥याङसहित कुल ३ वटा भ¥याङ रहेका छन् । भवनमा प्रयोग गरिएका सामानमध्ये सिमेन्ट, बालुुवा र छडको नेपालकै प्रयोग गरिएको र अन्य सामान भने आयात गरिएको निगमले जनाएको छ ।
भवन निर्माणका लागि २०७८ मङ्सिर १९ गते सम्झौता भएको यो भवन २०८१ मङ्सिर १० गते निर्माण सम्पन्न हुुनुपर्नेमा प्राविधिक कारणले एक वर्ष समय थप गरिएको निगमले जनाएको छ ।
भवनको डिजाइन एनट आर्किटेक्चरल एन्ड आर्किटेक्ट प्रालिले र निर्माणको काम केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो । यसैबिच, निगमले अन्य विभिन्न ठाउँमा इन्धन भण्डारणको लागि पुर्वाधार निर्माणको काम समेत गरिरहेको छ ।








