काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको छ ।
बुधबार इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल दुई रुपैया ५६ पैसा घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको निगमले जनाएको छ ।
डिजेल\मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ रहेको छ ।







