काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँबस्तीमा स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको केन्द्रीय समितिको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको हो।

बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्था, नागरिकको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिइएको कांग्रेसले जनाएको छ।

ADVERTISEMENT

बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

ADVERTISEMENT

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्या समाधान र पुनःस्थापनाप्रति पार्टी प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ।