काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते आयोजना हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना प्रस्तुत गरिने भएको छ ।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीका लागि भएका कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माणका प्रयासलाई सम्मेलनमा प्राथमिकताका साथ प्रस्तुत गरिने बताए ।

ADVERTISEMENT

उनका अनुसार सरकारले ५९ वटा कानुनको मस्यौदा तयार गरिसकेको छ । कानुनी सुधारमार्फत पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहित सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।