काठमाडौं। प्रतिनिधिसभा बैठकमा ललितपुर क्षेत्र नम्बर १ का  सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले उक्त सडक खण्डको स्तरोन्नति स्थानीय नागरिकको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आवश्यक बजेट विनियोजन र शीघ्र कार्यान्वयनको माग गरे।

ADVERTISEMENT

उनले चुनावी प्रचारप्रसारका क्रममा देखेका स्थानीय बालबालिका, युवापुस्ता तथा सर्वसाधारणमा देखिएको विकासप्रतिको अपेक्षा र परिवर्तनको आकांक्षालाई स्मरण गर्दै जनताको भरोसा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

सांसदले जनताले नयाँ राजनीतिक शक्तिप्रति देखाएको विश्वासलाई सम्मान गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न ठोस विकास योजनामा केन्द्रित हुनुपर्ने बताए। सडक पूर्वाधारको विकासले स्थानीय जनजीवन सहज बनाउनुका साथै आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ।

ADVERTISEMENT

हेलटार–चापागाउँ सडक स्तरोन्नति सम्पन्न भए यस क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने छ।