काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएर केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

सरकारको निर्णयबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले व्यंग्यात्मक टिप्पणी गर्दै भने, ‘ए, उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

ADVERTISEMENT

यसैबीच, मंगलबार नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटवार्ताबारे पनि ओलीले प्रतिक्रिया दिएका छन्। भेटवार्ता सकारात्मक रहेको बताउँदै उनले भने, ‘खास राम्रो कुरा भयो। राजनीतिक कुराहरू भए।’