काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
मंगलबार साँझ थापा भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए। दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ।
थापानिकट स्रोतका अनुसार भेटमा मधेश सरकारको विषयमा छलफल भएको थियो। त्यसैगरी, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि दुई नेताबीच कुराकानी भएको स्रोतको भनाइ छ।
भेटबारे दुवै नेताको औपचारिक धारणा भने सार्वजनिक भएको छैन।










