काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएका हुन्। दुवै हेलिकोप्टरको पंखा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।









