काठमाडौं । सरकारले आजदेखि देशभर दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

ADVERTISEMENT

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

ADVERTISEMENT

बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हरेक वर्ष दुईपटक कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।