काठमाडौं । मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। बरुण हाइड्रोपावरले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ।








