पोखरा । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न सभाले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।

ADVERTISEMENT

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पनि पारित गरेको छ।

ADVERTISEMENT

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत सभाबाट पारित भएका छन्।

बैंकको हालको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

ADVERTISEMENT

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।