काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ।

सञ्चारमाध्यममा मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै समाचारमा सत्यता नरहेको स्पष्ट पारेको हो।

ADVERTISEMENT

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकामा प्रदेशको नाम उल्लेख गरिएको छैन। मतपेटिकालाई प्रदेशको नामका आधारमा नभई क्लस्टरअनुसार नम्बर दिएर वर्गीकरण गरिएको उनले बताए।

ADVERTISEMENT

मतपेटिकामा मधेस, कोशी वा अन्य प्रदेशको नाम लेख्नुको सट्टा १, २, ३ लगायतका नम्बर राखेर पहिचान गरिएको खड्काले स्पष्ट पारे।

‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो। मधेस प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भने, ‘मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो। हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ।’

ADVERTISEMENT

निर्वाचन समितिले मतपेटिकाको नम्बरिङ र वर्गीकरणको प्रक्रियाबारे स्पष्ट पार्दै हराएको भनिएको मतपेटिकासम्बन्धी समाचार भ्रमपूर्ण रहेको जनाएको छ।