काठमाडौँ। नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

ADVERTISEMENT

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन् ।

ADVERTISEMENT

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।