काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सम्पन्न हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न महत्वपूर्ण राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।

आजको सत्रमा पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

ADVERTISEMENT

यी प्रतिवेदनमाथि गत सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन् । सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् ।

ADVERTISEMENT

बन्द सत्र आज बिहान साढे १० बजेदेखि पुनः सञ्चालन हुने कार्यतालिका छ । सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।

महाधिवेशनका क्रममा प्रस्तुत भएका प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफलपछि आज तिनलाई पारित गर्ने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ ।

ADVERTISEMENT