काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।






