काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ । असोज १८ गते उद्घाटन भएको महाधिवेशनमा हिजोदेखि बन्दसत्र जारी रहेको छ । यस्तै आजदेखि निर्वाचन प्रया सुरु हुँदैछ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार ११४ जना रहेको छ ।
समितिले कसैको नामावली छुटेको भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ ।यस्तै, समितिले प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरेको छ ।






