काठमाडौं । माओवादी हुँदै आधा दर्जन दल प्रवेश गरेर पार्टीसमेत चलाउन नसक्ने अवस्थामा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि सक्रिय भएका छन् । भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि छलफल सुरु भएको छ।

नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको जानकारी पूर्वप्रधानमन्त्री भट्टराईले दिएका हुन्। छलफलमा भट्टराईसँगै पूर्वमाओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, हालका गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी छन्।

ADVERTISEMENT

जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको भट्टराईले बताएका छन् । भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि यो छलफल सुरु भएको हो।

ADVERTISEMENT

अहिले गरिएको छलफलमा सबैजना एक ठाउँमा आए बाबुरामले आफ्नो पार्टी पनि मर्ज गर्ने तयारी गरेको बुझिएको छ । कुलमान घिसिङ नआउने भएपछि बाबुरामले यस्ताे अभियान थालेकाे बताइन्छ ।