काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।रिजालले आफूले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका छन्। उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए। रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।


ADVERTISEMENT

ADVERTISEMENT