चितवन । चितवन राइनोजको आयोजनामा सुरु भएको गैंडा कप २०२६ अन्तर्गत पहिलो दिन बुधबार चार प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा इस्टर्न क्रिकेट एकेडेमी (ECA) ले काठमाडौं क्रिकेट एकेडेमी (KCA) लाई २९ रनले पराजित गर्‍यो। ECA ले १११ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको KCA ले ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो। ECA का रोशन झाले ३२ रन बनाउँदै प्लेयर अफ द म्याचको उपाधि पाए।

ADVERTISEMENT

दोस्रो खेलमा इस्टर्न क्रिकेट एकेडेमी ‘ए’ (ECA-A) ले ग्रेट हिमालयन क्रिकेट एकेडेमी, साम्टिपनगर (GHCA) लाई ९ रनले हरायो। ECA-A ले दिएको लक्ष्य पछ्याएको GHCA ले ६९/७ रनमा इनिङ समाप्त गर्‍यो। GHCA का निश्चल केसीले १६ रन बनाउँदै ४ विकेट लिएपछि प्लेयर अफ द म्याच घोषित भए।

ADVERTISEMENT

तेस्रो खेलमा भक्तपुर क्रिकेट क्लब (BCC) ले CYC भक्तपुर लाई ६ विकेटले पराजित गर्‍यो। CYC भक्तपुर ९.२ ओभरमा ४१ रनमै अलआउट भएको थियो। BCC ले ५.३ ओभरमा ४२/४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। BCC का ओमकार पन्तले २ ओभरमा ३ विकेट लिएपछि प्लेयर अफ द म्याच बने।

दिनको अन्तिम खेलमा चितवन ट्रेनिङ सेन्टर (CTC) ले CYC बालुवाटार माथि ८ विकेटको जित निकाल्यो। CYC बालुवाटारले १० ओभरमा ७६/८ रन बनाएको थियो। जवाफी ब्याटिङमा CTC ले ८ ओभरमै ८०/२ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। CTC का अभय यादवले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएपछि प्लेयर अफ द म्याच बने।

ADVERTISEMENT

पहिलो दिन चार खेल सकिएसँगै गैंडा कपको दोस्रो दिन अक्टोबर १ मा थप चार खेल हुनेछन्।

दोस्रो दिनका खेल

  • बिहान ८:०० बजे: इस्टर्न क्रिकेट एकेडेमी विरुद्ध हेटौंडा स्पोर्ट्स एकेडेमी
  • बिहान १०:०० बजे: इस्टर्न क्रिकेट एकेडेमी ‘ए’ विरुद्ध CYCA
  • दिउँसो १२:०० बजे: भक्तपुर क्रिकेट क्लब विरुद्ध GHCA (हात्तीवन)
  • दिउँसो २:१५ बजे: चितवन ट्रेनिङ सेन्टर विरुद्ध एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमी