काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै प्रतियोगिताको माहोल बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ।

सिजन–३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो।

ADVERTISEMENT

ADVERTISEMENT

सम्बन्धित टोलीको पहिचान झल्किने गरी तयार गरिएका गेटमा एक्सट्रीमको ब्रान्डिङसमेत राखिएको छ। मैदान प्रवेश गर्नुअघि नै समर्थकलाई आफ्नो मनपर्ने टोलीको उत्साहसँग जोड्ने उद्देश्यले यो activation गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम हो।एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ।

ADVERTISEMENT

यससँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको माहोललाई थप व्यापक बनाउँदै लगेको छ।