काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज प्रतियोगितामा विश्राम राखिएको हो।

प्रतियोगिताअन्तर्गत भोलि भने दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

ADVERTISEMENT

त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स भिड्नेछन्।

ADVERTISEMENT

हालसम्म तीन खेल खेलेको लुम्बिनी लायन्स दुई जित र एक खेलमा अंक बाँड्दै पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। लगातार तीन खेलमा पराजित पोखरा एभेन्जर्स भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ।