काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज विश्राम राखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि सार्वजनिक गरेको खेलतालिकाअनुसार आज कुनै खेल नहुने भएको हो।

प्रतियोगिताको उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

ADVERTISEMENT

सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यता, लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

ADVERTISEMENT

पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुगेको सुदूरपश्चिमसँग लुम्बिनीले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्नेछ।

अब भोलिको फाइनल खेलबाट तेस्रो संस्करणको एनपीएलले नयाँ च्याम्पियन पाउनेछ।