काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली–चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ।
बैठकमा सहभागी हुन सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ। बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।






