काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालचन्द्र शाहलाई राष्ट्रसंघमा सशक्त प्रस्तुतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार न्युयोर्क प्रस्थान गरेका बालेनलाई रविले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएका हुन् । ”नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल रहोस्,” रविले भनेका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेन मंगलबार कतारएअरवेजको विमानबाट न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । उनले असोज ८मा राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT