काठमाडौं । मन्त्रिपरिषदको  बैठक आज (जेठ २६) बस्ने भएको छ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनुका साथै आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद बैठकका निर्णयहरू भने बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।